ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो

लहान । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । – अनलाइन खबरबाट ।